१४ किलो सुन तस्करी प्रकरण : पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई सोमवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुई जना अझै फरार छन् ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।