सङ्कटाले सातदोबाटोलाई हरायो, थ्री स्टार र एनआरटीले बराबरी खेले

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ ।

ललितपुरको च्यासल मैदानमा आज मङ्गलवार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोलले हरायो । सङ्कटाका लागि युसेफ एट्रिसले दुई गोल गरे । यो जितसँगै १६ खेलमा २० अङ्कसहित सङ्कटा नवौँ स्थानमा पुगेको छ भने २३ अङ्क रहेको सातदोबाटो पाँचौँ स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीले गोलरहित बराबरी खेलेका छन् । केही उत्कृष्ट मौकाको सदुपयोग गर्न नसक्दा दुवै टोलीले १र१ अङ्क बाँडे । थ्री स्टार  २५ अङ्कसहित दोस्रो स्थानमा र एनआरटी १८ अङ्कसहित १२ औँ स्थानमा छ ।