भुकम्पबाट हालसम्म जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति, विवरणसहित

भुकम्पबाट जाजरकोटमा ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ ।

जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् । भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।

jajarkot2