गैरकानुनी लाभ एवं सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै भारतीय नागरिकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक अनुप मेहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ तथा हानि एवं सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मेहराविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । बिहीबार दायर गरिएको मुद्दामा मेहरासँग पाँच करोड पाँच लाख ४२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

मेहरालाई पक्राउ गरी अनुसन्धान गर्दा गैरनेपाली नागरिक अनुप मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी बेचेको आरोप अख्तियारले लगाएको छ ।