भूकम्प पीडित त्रिपालको बसाइ, चिसोले कठाङ्ग्रीयर ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम निकास नदिँदा कात्तिक १८ गते यता भूकम्पपीडितको त्रिपालमै बसेका ३२ को मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहिबारसम्म जाजरकोट जिल्लामा २७ जना र रुकुम पश्चिम जिल्लामा पाँचजनाले ज्यान गुमाएका छन् ।

मौसम चिसो बढ्दै गएकाले भूकम्पपीडितको थप  नाजुक  अवस्था आउन नदिन सरकारको ध्यान जान जरुरी छ ।