प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी ८,००० घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा प्रहरी चाैकि खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरिक्षक गजेन्द्र सिंह भण्डारी ८,००० घुस रकमसहित पक्राउ परेका छन् ।

प्रहरी सहायक निरीक्षक भण्डारीले युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट रु.८,०००।– (आठ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचा, बाँकेबाट आज  पक्राउ  गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारद्धारा जारी विज्ञप्तिमा जनाएको छ।