पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय

भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ ।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।