‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ।

पचपन्न वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका)लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ।

यस्तै कोभिड–१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ।