आज कोरोना संक्रमितको संख्या शून्य,  सक्रिय संक्रमित कति छन् ? 

 काठमाडौँ - शुक्रबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ५१८जनाको नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १११ जनाको पीसीआर र ४०७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।