होम आइसोलेसनमा जनार्दन शर्मा

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। 

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले सामाजिक संजालमार्फत् आफूलाई तेस्रोपटक कोरोना संक्रमण भएको उल्लेख गरेका छन्। 

उनी होम आइसोलेसनमा छन् । उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। मुलुकमा हालसम्म झन्डै ४ सय जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।