रुपन्देहीको देवदह नगरपालिका ५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दुर्गादत्त शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर

 रुपन्देहीको देवदह नगरपालिका ५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दुर्गादत्त शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा उनीमाथि थियो ।

बीएससी अध्ययन पूरा गरेर विद्यालय तहमा राम्रो शिक्षकको रुपमा अध्यापन गराइरहेका शर्मा आफ्नै गाउँमा क्याम्पस संचालन भएपछि भने भारतबाट नक्कली प्रमाण पत्र ल्याएर सहायक प्राध्यापक नियुक्ति भएको विषय स्थानीयले थाहा पाएपछि उजुरी गरेका थिए ।