जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जना घुस रकम सहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल छन् । 

अख्तियारको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले ४ लाख ५० हजार नगद बरामद गरेको छ । उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । घरबाटो प्रमाणित गरिदिनका लागी उनीहरूले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।