नापी कार्यालय भद्रपुरका सर्वेक्षक देवनारायण ठाकुरसमेत ३ जनाविरुद्ध १,२५०००। रुपैयाँँ भ्रष्टाचार गरेको अख्तियारद्वार मुद्दा  दायर

झापा जिल्ला नापी कार्यालय , भद्र्पुरमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादव र बिचौलिया उमेश यादवको मिलेमतोमा  जग्गाको कित्ताकाट गरेवापत सेवाग्राहीबाट  घुस रिसबत रु ७०,०००। र ५५,०००। हजारको चेकसहित जम्मा रु १,२५,०००। एक लाख पच्चीस हजार लिएको अवस्थामा मिति २०८०/०६/२९ गते इटहरीबाट खटिएका अख्तियार टोलिले नियन्त्रणमा लिएको थियोे ।

भ्रष्टाचार निवारण ऎन, २०५९ को दफा ३ को उप दफा (१) बमोजिमको कसुर बिगो १,२५०००। कायम गरि कैद सजाय र बिगो बमोजिमको सजाय गर्न माग दाबीसमेत गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वार आज प्रेस विज्ञप्ति जारी गरि निजहरू ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा  दायर गरेको हो।