नेपालमा बर्खा नआउँदै देखिए डेंगु, ५२ जिल्लामा ४०० बढी संक्रमित !

काठमाडौँ - डेंगु संक्रमण यसवर्ष बर्खा नलाग्दै देखिन थालेको छ । यो वर्ष हिउँदमा समेत केस शून्य नभएपछि गत वर्षझैँ संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ । तीन महिनामा ५२ जिल्लामा डेंगु संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । 

जनवरीयता ४३५ जना संक्रमित, ११२ पालिकामा देखियो डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखियो । तीमध्ये ८८ जनाको मृत्यु भयो । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भए ९सन् २००४० यताकै धेरै हो । 

महाशाखाका किटजन्य रोग विशेषज्ञ डा गोकर्ण दाहालका अनुसार योवर्ष हिउँदमा समेत केस शून्यमा झरेन । जनवरीयता अप्रिल दोस्रो सातासम्म ४३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित म्याग्दी,दार्चुलालगायतका ५२ जिल्लाका ११२ पालिका छन् । 

डा। दाहालका अनुसार यो वर्ष काठमाडौं उपत्यकाका तीन जिल्लामा भने ५० भन्दा कम केस छ ।