नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिँदा सक्रिय कति ? 

काठमाडौँ - कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा देशभर ४७६ पीसीआर तथा १ हजार ९६० एन्टिजेन परीक्षण भएको छ ।