घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन घुस माग्ने पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकायासहित २ जना डेढ लाख रुपैयाँ घुससहित पक्राउ

पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो । 

सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब-इन्जिनियररसहित २ जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब-इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो। उक्त टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।