कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले संविधानको व्याख्यासँग सम्बन्धित विषय पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा कार्कीको नियुक्ति बदर र आफैँलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही अगाडि बढाउन दिनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए।