राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान सहायक (असई) माधव बस्नेत नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा दोषी ठहर

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान सहायक (असई) नक्कली शैक्षिक प्रमाणपत्र कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतले बुधबार अनुसन्धान सहायक माधव बस्नेतलाई दोषी ठहर गरेको हो। उनलाई ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

बस्नेतले २०५४ सालमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोप लागेको थियो ।