गायक प्रकाश तिमिलसिनाको निधन

गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिवार साँझ निधन भएको हो । “घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो । परिवार श्रोतको अनुसार अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ...’लगायत दर्जनौं गीत लोकप्रिय छन् । प्रकाशको अन्तिम संस्कार आज (आइतबार) बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन ।