आजको शेयर बजारमा २६.८० अंकको गिरावट, शिवम् सिमेन्टको कारोबार भने अब्बल !

 काठमाण्डौँ - साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८० अंकले घटेर १ हजार ९ साय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको हो । 

गत बिहिबार भने नेप्से दोहोरो अंकले बढेको थियो । नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज उल्लेखनीय कारोबार नभएपनि शिवम् सिमेन्ट लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।