काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो । वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।
नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।