वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा प्रमोद निरौला १५ हजार घुस रकम सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई पक्राउ गरेको छ ।धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगालबाट टोलीले निरौलालाई नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् । निरौलाको साथबाट स्रोत नखुलेको ७१ हजार ६२० पनि बरामद गरिएको छ ।