मासु खान जानेमा हुदैन स्वास्थ्यमा समस्या

काठमाडौं- सामान्यतया मासु  खाने भन्ने मानिसअनुसार फरक पर्छ। व्यक्तिको उचाइ, तौल, दैनिक क्रियाकलाप आदिले कति खाने भन्ने निर्धारण गर्छ। ‘रातो मासु नखानु भन्नुको कारण अन्य सेतो मासुको हिसाबमा रातो मासुमा प्रोटिनको मात्रा बढी हुन्छ । रातो मासु सेवन गर्दा, शरीरमा युरिकएसिडको मात्रा बढ्ने, मुटु, रक्तनलीमा गएर समस्या हुने हुँदा स्वास्थ्यका लागि रातो मासु नखाएकै राम्रो हो ।

कुनै व्यक्तिले आफूले खाएको खानाबाट २० प्रतिशत प्रोटिन पाउनुपर्छ। एक स्वस्थ व्यक्तिले अन्य खानेकुरा नखाई मासु मात्र खाने हो भने इच्छाअनुसार खान सक्छन्। तर खाने शैलीमा भने ध्यान दिनुपर्छ।

स्वस्थ आहारमा मासु पनि समावेश हुन्छ। विश्वमा एउटा यस्तो समुदाय पनि छ, जसले आहारका रूपमा सबैभन्दा बढी मासु नै खाने गर्छ। त्यसैले मासु खानु हुँदैन भन्नु नै गलत हो।
धेरेजसो मानिसहरू मासु खाँदा तौल बढ्छ भन्ने गर्छन्। मासुले होइन मासुसँग खाने अन्य खाद्यपदार्थका कारण तौल बढ्ने गर्छ। फलफूल, साग सब्जीसँगै मासु पनि शरीरका लागी आवश्यक खाद्यवस्तु हो।

नेपालीको खाने शैलीले मासुलाई नराम्रो बनाएको हो। मानिसहरूले अन्य दिनभन्दा मासु भएको दिनमा बढी भात खाने गर्छन्। भात बढी खाँदा त्यसले असर गर्छ तर नेपाली समाजमा दोष भने मासुलाई दिँदै आइरहेका छन्।

दशैंमा मासु पचाउन भनेर धेरै मानिसले  मदिरापान र अन्य पेय पदार्थ सेवन गर्ने गरेको पाइन्छ। यसरी खाँदा स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ। पेयपदार्थ स्वास्थ्यका लागि  हानिकारक हुन्छ। कोलोस्ट्रोल, मोटोपनलगायत समस्या मासुले नभई मासुसँग खाइने अन्य पेय र खाद्य पदार्थका कारण हुन्छ।

कुनै व्यक्तिले मासु मात्र खाने हो भने पनि स्वस्थ तरिकाले खाए केही समस्या हुँदैन। मासु पकाउने तरीका र कस्तो मासु  खाएको हो त्यसले असर पार्छ। दशैंमा मासु खाँदा खसीको गिदी, आन्द्रा, कलेजो, छाला, मिर्गौलालगायत अन्य अंगहरू पनि खाइन्छ। यो खाने शैली एकदमै राम्रो हो। यो बढी पोसिलो हुन्छ।