काठमाडौं विश्वको सातौँ प्रदुषित सहर

काठमाडौँ - काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ ।

विश्वभरको प्रदुषण सुचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ । काठमाडौंको वातावरण स्वास्थ्यको लागि घातक मानिएको छ ।

देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ ।