'नेल एक्सटेन्सन' गर्नु स्वास्थको हिसाबले राम्रो होला त ?

काठमाडौँ- नङ हात खुट्टाको आर्कषण हो । सफा र राम्रो नङले मानिसकाे व्यक्तित्व झल्काउने काम गर्छ । विशेषगरी महिलाहरुले सुन्दर र राम्री बन्न विभिन्न तरिकाहरु अपनाउने गर्छन् । ख्याल गर्न नसक्दा  दैनिक काम काजमा त असर गर्छ नै यसले स्वास्थ्यमा पनि असर पुर्याउछ  । यसरी महिलाहरुको सौन्दर्यता लागि बजारमा नयाँनयाँ प्रविधिहरु भित्रिने क्रम पनि जारी नै हुन्छ ।


आफूलाई नयाँ डिजाइनमा ढाल्ने नारीहरुमा अहिले नेल आर्टको आर्कषण बढ्दो छ । साधारण तरिकाले नेल पोलिस गर्ने नारीहरु पनि अहिले आर्टतिर आर्कषित भएका छन् ।
पोलिस लगाउनुअघि भिटामिन ई भएको 'बेसकोट' लगाएर मात्र पोलिस लगाउनुपर्छ । साधारण पोलिसको प्रयोग गर्नुभन्दा केही समयको लागि 'नेल एक्सटेन्सन' गर्नु नै राम्रो हो । नेल आर्टको तरिका जानेको ब्युटिसियनसँग गर्नु राम्रो हुन्छ । नेल आर्ट जुनसुकै हातमा गर्दा पनि राम्रो हुन्छ ।


नङलाई केवल सौन्दर्यका लागि मात्र होइन स्वास्थ्यका लागि पनि हेरविचार गर्नुपर्छ । नङको खास ख्याल राख्नुपर्छ । यसो सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ ।नङ पाल्ने बित्तिकै आफुलाई राम्रो देखिन्छ भन्ने सोच छ आजभोली को मान्छेहरु मा तर तेस्तो हुन्न नङ पाल्नु स्वास्थ्य को लागि बेफाइदा नै हो ।

लामो नङ  हेर्दा राम्रो सर्ल्लाक्क परेको देखिए पनि यसको केयर गर्ने नसक्दा स्वास्थ्यमा निकै असर गर्दछ  यो ठीक होइन । नङ छोटो नै राख्दा उचित हुन्छ  ।