मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गर्ने सल्यानको शारदा नगरपालिका– ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्यानस्थित शारदा नगरपालिका– ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । थापाले अस्तित्वमा नभएको व्यक्तिलाई आफ्नो आमा नाता जनाएर ५१ हजार वृद्ध भत्ता वितरण गरेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी अनुसार अनुसन्धान गर्दा थापाले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र २०७६/०७७ को प्रथम किस्ता गरी ५१ हजार रुपैयाँ नामा नाता लगाएर आफैँ बुझिलिएको फेला परेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजायको माग दावी लिइएको छ ।