तनहुको बाल मन्दिर विद्यालयको शिक्षिकाको नक्कली शैक्षिक प्रमाणपत्र, अख्तियारले चलायो मुद्दा

तनहुँको व्यास नगरपालिकास्थित श्री बाल मन्दिर माध्यमिक विद्यालयकी शिक्षिका सुनिता उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेपछि अनुसन्धान गर्दा उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालयबाट उत्तीर्ण गरेको हाइस्कुल तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको फेला परेको हो । 

उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपाध्यायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदावी लिइएको छ ।