काठमाडौँ महानगरका सामुदायिक विद्यालयले शुल्क उठाउन नपाउने

 काठमाडौँ -  काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । 

शिक्षा ऐन, २०२८ संशोधन सहितको दफा १६ घ को उपदफा क मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।