बलात्कार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं । बलात्कार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् ।  एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएपछि गजमेरलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी प्रबक्ता नवराज कार्कीले जानकारी दिए ।

बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान  भैरहेको जानकारी दिए । अहिले बलात्कारको जाहेरी सम्बन्धमा  अनुसन्धान भइरहेकोले थप बताउन नसकिने बताए ।