ललितानिवास जग्गा हिनामिना प्रकरण : आज फैसलाको तयारी

काठमाडौं । बहुचर्चित ललितानिवास हिनामिना  जग्गा प्रकरणमा विशेष अदालतले आज फैसला दिने तयारी गरेकोछ । मंगलबार दुवैपक्षको जवाफी बहससमेत सकिएपछि आज बुधबार फैसलाको तयारी भएको हो। विशेष अदालतका न्यायाधीश  सदस्यत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाउँदै छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२माघ ०७६ मा  सार्वजनिक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियोे । सरकारको नाममा हुनुपर्ने १ सय ३६ रोपनीभन्दा बढी जग्गा मिलेमतोमा योजनाबद्व तरिकाले विभिन्न मितिमा कैफियतयुक्त गैरकानुनी निर्णयहरु गराई अनधिकृत व्यक्ति तथा संस्थाहरुका नाममा कृत्रिम मोही खडा गरि  दर्ता गरिएको दाबीसहित मुद्दा  दायर भएको थियो ।

यश क्रममा डिल्लीबजार मालपोत कार्यालय, भूमिसुधार तथा व्यवस्थापन विभाग र गुठी संस्थान एंव मातहतका कार्यालयबाट पटक - पटक निर्णय गराउन संलग्न तत्कालीन बिभागिय  मन्त्रीदेखि विभागसमेतका उच्च अधिकारीहरु, जग्गाधनी, मोहीलगायतलाई समेत गरी १ सय ७५ जनालाई प्रतिवादी बनाइएको छ।