पाथीभरा मन्दिरमा : चैत महिनाको भेटी ७५ लाख सङ्कलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा ७५ लाख भन्दा बढी चैत महिनामा भेटी  सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा उक्त बराबरको नगद सङ्कलन गरिएको हो। 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैत महिनामा ७५ लाख सात हजार एक सय ५० रुपैयाँँ भेटी सङ्कलित गरी बैंकमा जम्मा गरिएको पाथीभरा विकास समितिले जनाएको छ। पाथीभरा मन्दिर  तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको छ।