घातक वैजनी रङको तहमा वायु प्रदूषण

 काठमाण्डौँ - नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि अस्वस्थकर तह अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् ।

वायु गुणस्तर सूचकांक ९एक्यूआई० मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो । सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो ।

विपत्सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ । मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न हितकर ठानिन्छ ।

वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ ९गाढा रातो० दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ । यो समाचार नागरिक  दैनिकमा छ ।