आइपिएल प्लेअफ दौडबाट बाहिरियो दिल्ली, पञ्जाबको सम्भावना जीवितै

 काठमाण्डौँ - दिल्ली क्यापिटल्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएलको प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्लेअफको दौडबाट बाहिरिएको हो ।

ऊ आइपिएल २०२३ मा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । आफ्नो १२ औँ खेलमा पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । 

२७ बलको सामना गरेका उनले १० चौका र १ छक्कासहित ५४ रन बनाए । यस्तै, फिल साल्टले २१, प्रवीण दुवे, अमन हाकिम खानले १६र१६ र कुलदीप यादवले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  

पञ्जाबका लागि हरप्रीत ब्रारले ४, नाथन एलिस र राहुल चाहरले २र२ विकेट लिए । त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जितेर हारेर पञ्जाबको निम्तो पाएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । 

उसका लागि प्रभसिमरन सिंहले शतकीय पारी खेले । ६५ बल खेलेका उनले १० चौका र ६ छक्कासहित १ सय ३ रन बनाए । आइपिएलमा सिंहको यो पहिलो शतक हो । यस्तै, साम करनले २० र सिकन्दर राजाले अविजित १० रनको योगदान दिए ।

योसँगै जितसँगै पञ्जाबको प्लेअफ सम्भावना जीवितै छ । छैटौँ स्थानमा रहेको पञ्जाबले ६ मा जित र ६ खेलमा हार बेहारेको छ । पुछारको दिल्लीले १२ खेलमा ८ मा हार तथा ४ खेलमा मात्र जित निकालेको छ ।