अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महत सक्रिय

काठमाडौँ - अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा प्रकाशशरण महत सक्रिय भएका छन् । मन्त्री डा महत निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन सक्रिय भएका हुन् ।

अर्थमन्त्री डा। महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा बैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका छन् । देशदौडाहामा निस्किएर राजश्व र भन्सार कार्यालयहरु निरिक्षण अनुगमन गर्दा राजश्व संकलनमा देखिएका समस्या समाधानकालागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन दिइसकेका छन् ।

आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफल गरे । मन्त्री डा महतले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए ।

अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा राखेका थिए ।