१५ औं काठमाडौं म्याराथनमा होमलाल श्रेष्ठ च्याम्पियन

त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेको छ । उनले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गरे। होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हात पारे । 

एपीएफका सन्तोष विष्ट दुई घण्टा ३७ मिनेट ०१ सेकेण्ड समयसहित उपविजेता बने । सन्तोषले ५० हजार रुपियाँ पाए। एपीएफकै राजन चौधरी (दुई घण्टा ४३ मिनेट ०१ सेकेन्ड) तेस्रो भयो । उनले पछिल्लो संस्करणमा पनि तेस्रो स्थानमा रहेका थियो । उनले २५ हजार रुपियाँको हात पारे।

यसैगरी, हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का र महिलातर्फ एपीएफी विन्द्रा श्रेष्ठ च्याम्पियन भयो । खड्गले सबैभन्दा चाँडै एक घन्टा ०७.२९ सकेन्ड लगाएर २१ किलोमिटर दौड सकाए । किरणसिंह बोगटी (१ः०८.५६ सकेन्ड) दोस्रो र एपीएप्mका राजेन्द्र तामाङ (१ः१४.३७ सकेन्ड) तेस्रो भयो । 

एपिएफकी विन्द्रा श्रेष्ठले एक घन्टा २५ मिनेट ४१ सकेन्ड समय लगाएर महिला हाफ म्याराथन जिते । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने (१ः२७.०७ सेकेन्ड) उपविजेता र नेपाल प्रहरीकी सुमित्रा चौधरी (१ः३०.३८ सेकेन्ड) तेस्रो स्थानमा रह्यो। दुवै वर्गको हाफ म्याराथनमा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाए ।

यसैगरी पाँच किलोमिटर पुरुष ओपनमा नागेश्वर अहिर पहिलो, सञ्जीव नेपाली दोस्रो र गोपाल तामङ तेस्रो भयो । सोही दूरीमा महिलातर्फ विमला तामाङ, बबिता राई र बसन्ती गोले शीर्ष तीनमा रह्यो ।