काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा हुने खेलमा त्रिभुवन आर्मी र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
जारी लिगमा १६ अंकसहित सातदोबाटो शीर्ष स्थानमा छ । १५ अंकको मनाङ दोस्रो तथा १४ अंकको चर्च ब्वाइज तेस्रो स्थानमा छ। लिगको पुछारमा रहने दुई टोली स्वतः बी डिभिजनमा घटुवा हुने छ ।