ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

तनहुँको ब्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  मङ्गलवार अदालतले ब्यासमा दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनको पुनः मतगणना हुने फैसला गरेको हो । 

सो स्थानीय तहका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । 

२०७९ वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा  जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएपछि पुनः मतगणनाको माग लिएर अदालत पुगेका थिए । जोशी २०७९ जेठ १२ गते दोहोर्‍याएर गणना गर्न माग गर्दै अदालतमा पुगेका थिए ।