साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन

काठमाडौँ - सौरमासअनुसार साउनको अन्तिम सोमबार दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।

विगतका सोमबारभन्दा पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

 पशुपतिनाथमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गर्नुभएको कोषले जनाएको छ ।