दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम मौका !

काठमाडौँ - दोल्ती पावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन पाउने छन्।

कम्पनीले चैत २८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० लाख ७२ हजार ९७२ कित्ता बिक्री खुला गरेको हो। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।