७२ जिल्लामा पुग्यो डेंगु, सङ्क्रमित सङ्ख्या १ हजार १ सय ७५ पुग्यो

डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् ।  ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।