आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।