भदौ महिनाको ब्याजदरमा हस्तक्षेप नगर्ने  बैंकर्स संघका अध्यक्षको घोषणा

 काठमाडौँ -  बैंकर्स संघका अध्यक्ष सुनील केसीले भदौ महिनाका लागि पनि बैंकको ब्याजदरमा कुनै हस्तक्षप नगर्ने घोषणा गरेका छन । 
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ समेत रहेका अध्यक्ष केसीले एकै महिनामा नीति परिवर्तन गर्ने भन्ने हुँदैन, भदौ महिनाका लागि पनि हामी बैंक ब्याजदरको खुल्ला नीतिमा नै जान्छौं उनले भने । 

भद्र सहमतिको नाममा बैंकहरुले ब्याजदरमा एकाधिकार कार्टेलिङ गरेको भन्दै चौतर्फी विरोध भएसँगै वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ ले साउनदेखि ब्याजदरमा खुल्ला नीति कार्यान्वयनमा ल्याएको थियो । संघले ब्याजदरमाथिको नियन्त्रण छाडेसँगै साउन महिनाका लागि बैंकहरुले आफु खुशी ब्याजदर तोकेका थिए । 

बैंकहरुले साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् १०।९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।