नापी कार्यालय, भद्रपुर, झापाका सर्वेक्षक देव नारायण ठाकुर १,२५,००० घुस सहित रंगेहात पक्राउ

नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस लिएको ७०,००० घुस सहित पक्राउ‍- परेका छन ।

सेवाग्राहिसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले  सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई सेवाग्राहीबाट नगद रु.७०,०००।– (सत्तरी हजार रुपैयाँ) र रु.५५,०००।– (पचपन्न हजार रुपैयाँ) को चेकसहित जम्मा रु. १,२५,०००।– (एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला झापा, भद्रपुर, नगरपालिका वडा नं. ७, चन्द्रगढीबाट मिति २०८०।०६।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।