श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

अछाम जिल्ला - मंगलसेन नगरपालिका ३ बस्ने ४० वार्षिय उर्मिला विष्ट भण्डारीको हत्याको आरोपमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अछाममा माइती पक्षले श्रीमानको नाममा हत्या गरेको किटानी जाहेरी दिएको छ।

उनका श्रीमानले मादक पदार्थ सेवन गरि पटकपटक यातना र कुटपिट गर्ने गरेको हत्या आरोपमा पक्राउ परेका शेरबहादुर भण्डारी नेपाल प्रहरीको जागिर बाट हालै   अवकाश पाएका थिए ।