सन्दीपविरूद्वको मुद्दाको सुनुवाई न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा आजको सुनुवाई न्यायाधीस राजुकुमार खतिवडाको इजलासमा तोकिएको छ ।

सन्दीपविरूद्व नाबालिका बलात्कारको आरोप छ । सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । गत फागुन १५ गते सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट सन्दीपको मुद्दा किनारा लगाउन आदेश दिएको थियो ।