सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

 काठमाडौँ - नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ बिहीबार हुँदैछ । विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । तर यसअघि पटक(पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला अन्योलता कायमै छ ।

यद्यपि अदालतले सबै प्रक्रिया पूरा भएकाले अन्तिम सुनुवाइ हुनेमा सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे विश्वस्त छन् ।