नेपालको बिजुली बंगलादेशमा बेच्न त्रिदेशीय सम्झौता

 काठमाण्डौँ - नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि त्रिदेशीय सम्झौता भएको छ । नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापारका नियम र सर्तहरुसहित तयार पारिएको मस्यौदामा सहमति भएको हो । मस्यौदामा तीन देशका अधिकारीले हालै हस्ताक्षर गरेका छन । त्रिपक्षीय सम्झौतापछि नेपाल विद्युत प्राधिकरणको टोलीले एक महिनाभित्र विद्युत व्यापारको ‘ब्रेक थु्र’ गर्ने तयारीमा लागेको छ । 

भारतीय कम्पनी एनभीभीएन र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबी बीच प्रसारणलाइनको शुल्कका लागि सम्झौता हुनुपर्नेछ । अहिले भारतले प्रसारणलाइनको शुल्क प्रति युनिट ४ देखि ७ पैसा लिने गरेको छ । बंगलादेशको सोही कमिटीले प्रसारणलाइनको शुल्क समेत टुंगो लगाउने छ ।