आगामी शनिबारसम्म यी स्थानहरूमा भारी बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ । हाल  गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
 
बिहीबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केहि स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  र बागमती  प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै गण्डकी  प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

शनिबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।