सन्दीपविरूद्वको मुद्दा : किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात झिकाउन आदेश

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दामा किशोरीकी आमाको जन्म मिति सम्बन्धी कागजात झिकाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको सुनुवाईमा न्यायाधीस राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् ।

किशोरीले उपलब्ध गराएको आफ्नो जन्म मितिअनुसार उनको उमेर आमासँग नौ वर्ष मात्रै फरक देखिएकाले आमाको जन्म मिति सम्बन्धी कागजात मगाउन अदालतले आदेश दिएको हो ।