नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ५९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज १० ग्राम सुनको मूल्य १ लाख ८५ हजार २७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १८६ रुपैयाँ रहेको छ ।